Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

कोरोनाविरुद्धको खोप फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई लगाइने

कोरोनाविरुद्धको खोप फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई लगाइने

नेपाल फेस

६, फाल्गुण २०७७
  • 2.2K
    SHARES

  • कोरोनाविरुद्धको खोप फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई  लगाइने

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आउँदो फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने तयारी अगाडि बढाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो ।पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपंत्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो ।

    यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ। यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो ।

    बिहिवार, फाल्गुण ६ २०७७०८:३१:४५

    नेपाल फेस

    सम्बन्धित समाचार