Logo
  • शुक्रवार, फाल्गुण १४ २०७७Feb 26 2021

भागरथी भट्टको बलात्कार तथा हत्या आरोपी सार्वजनिक

भागरथी भट्टको बलात्कार तथा हत्या आरोपी सार्वजनिक

नेपाल फेस

५, फाल्गुण २०७७
  • 2.8K
    SHARES

  • भागरथी भट्टको बलात्कार तथा हत्या आरोपी सार्वजनिक

    काठमाडौं । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन भागरथीको हत्या आरोपमा पक्राउ परेका दिनेशलाई सार्वजनिक गरेकाे हाे ।

    आरोपी दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो ।

    घटना भएको केही दिनमा नै ‘क्लोज रिङ’ मा राखेर अनुसन्धान गरेको प्रहरीले अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाई लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि गरेको हो । अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका थिए ।

    अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए ।

    घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए ।

    बुधवार, फाल्गुण ५ २०७७०३:०५:३५
    सम्बन्धित समाचार