Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

शिक्षा नियमावली संशोधनः कक्षा १० मा विद्यार्थी भर्ना गर्ने बाटाे खुला

शिक्षा नियमावली संशोधनः कक्षा १० मा विद्यार्थी भर्ना गर्ने बाटाे खुला

नेपाल फेस

४, फाल्गुण २०७७
  • 2.7K
    SHARES

  • शिक्षा नियमावली संशोधनः कक्षा १० मा विद्यार्थी भर्ना गर्ने बाटाे खुला

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएकाे छ। याेसँगै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।

    अहिलेसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान रहेकाे थियाे ।

    शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।

    यसअघिको विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा, वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा वा अभिभावक बसाई सराई भएमा मात्र कक्षा १० मा स्थानान्तरण प्रमाणपत्र दिने व्यवस्था थियो ।

    मंगलवार, फाल्गुण ४ २०७७०२:५८:४८

    नेपाल फेस

    सम्बन्धित समाचार