Logo
  • शुक्रवार, फाल्गुण १४ २०७७Feb 26 2021

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

नेपाल फेस

२७, माघ २०७७
  • 4.5K
    SHARES

  • यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

    काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले बताए ।

    प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै बनेको छैन । त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको उनले बताए । उनले भने, ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनिनसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालनको ऐन नै छैन ।’

    विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    मंगलवार, माघ २७ २०७७०३:०५:२१
    सम्बन्धित समाचार