Logo
  • बिहिवार, फाल्गुण १३ २०७७Feb 25 2021

ठग छुटाउन एसएसपीमाथि प्रधानमन्त्रीकै दबाब

ठग छुटाउन एसएसपीमाथि प्रधानमन्त्रीकै दबाब

नेपाल फेस

११, माघ २०७७
  • 7.3K
    SHARES

  • ठग छुटाउन एसएसपीमाथि प्रधानमन्त्रीकै दबाब

    काठमाडाैं । ठगी आरोपमा पक्राउ परेका न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा शिरिष खड्का र सुरेन्द्र महर्जन बालुवाटारकाे चर्काे दबाब पछि छुटेका छन् । जग्गा विक्री गर्ने नाममा ठगी गरको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले खड्का र महर्जनलाई हिजो दिउसो पक्राउ गरेकाे थियाे । उनीहरू पक्राउ परेकाे चार घण्टामै छाडिएकाे प्रहरी स्रोतले बतायाे ।

    स्राेतका अनुसार उनीहरुलाई आज बिहान उपस्थित गराउने गरी हिजो राती ८ बजे छाडिएको र अहिले परिसरमा बोलाएर छलफल भइरहेको छ । खड्का र महर्जनलाई अदालत पठाउने वा मिलापत्र गराएर छाड्ने बिषयमा छलफल भइरहेकाे छ ।उक्त मुद्दा उच्च अदालतमा समेत बिचराधिन छ।

    स्रोतका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट चर्को दबाब आएपछि राती प्रहरीले उनीहरुलाई छाडेर आज बिहान पुन: बोलाई दुई पक्षलाई सँगै राखेर छलफल गराएको छ।

    कृष्णज्वाला देवकोटाकाे जाहेरीकाे आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे । तर उनीहरूलाई पक्राउ गरिएकाे केही घण्टामै प्रहरीले उनीहरू छुटेका थिए । 

    स्राेतका अनुसार खड्का र महर्जनलाई पक्राउ गर्नुका कारणबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहलाई गृहमन्त्रालयले स्पष्टीकणसमेत साेधेकाे छ ।

     

    आइतवार, माघ ११ २०७७११:०९:५६
    सम्बन्धित समाचार