Logo
  • शुक्रवार, फाल्गुण १४ २०७७Feb 26 2021

प्रहरीको नाममा ठगी गर्ने ठेकेदार मुन्काबिरुद्ध २ करोड ४० लाख बिगो माग गर्दै मुद्दा दर्ता

प्रहरीको नाममा ठगी गर्ने ठेकेदार मुन्काबिरुद्ध २ करोड ४० लाख बिगो माग गर्दै मुद्दा दर्ता

नेपाल फेस

११, माघ २०७७
  • 1.7K
    SHARES

  • प्रहरीको नाममा ठगी गर्ने ठेकेदार मुन्काबिरुद्ध २ करोड ४० लाख बिगो माग गर्दै मुद्दा दर्ता

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) ले ठेकेदार पिताम्बरकुमार मुन्का र उनका कर्मचारी नरेन्द्रनाथ पौडेलका बिरुद्ध २ करोड ४० लाख बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । प्रहरी संगठनको बदनाम गरी ठगी गरेको आरोपमा मुन्का २०७७ पुस १३ मा पक्राउ थिए । 
    ठगीमा अनुसन्धानपछि सीआइबीले क्राउन टेक्सटाइलका संचालक मुन्का र कर्मचारी पौडेलबिरुद्ध शुक्रबार मुद्दा दर्ता गरेको छ ।

    आइतबारबाट अदालतमा मुन्काको थुनछेक बहस हुँदैछ । थुनछेक बहसपछि मुन्का एक दुई दिनमा अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् । गम्भीर प्रकृतिको अपराध नभएकाले संभवतः उनी पुर्पक्षमा जाने संभावना कम छ ।

    मुन्काले नेपाल प्रहरीको भण्डारका डीएसपी मदन केसीसँग मिलेरै उनको मोवाइल नम्बर र इमेल राखी ऊलन पाइन्टको कपडाको गुणस्तर परीक्षण गर्न पत्राचार गरेका थिए । तर मुन्कासँग सेटि गर्ने डीएसपी केसीलाई प्रहरीले उन्मुक्ति दिएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले मुन्काको ठगीमा साथ दिने डीएसपीलाई बचाएका हुन् ।

    किन  पक्राउ परे ठेकेदार मुन्का ?

    क्राउन टेक्सटाइल इन्डष्ट्रिज प्रालिका संचालक रहेका मुन्काले आर्थिक बर्ष २०७३–०७४ मा २० हजार मिटर ऊलन पाइन्टको कपडाको ठेक्का पाएका थिए । उक्त कपडा गुणस्तर परीक्षणमा फेल भएपछि प्रहरीले बुझ्न अस्वीकार गरेको थियो । 

    मुन्काले उच्च अदालत हुँदै सर्वोच्च अदालतमा मुद्दा दिए । अदालतले गुणस्तर परीक्षण गराई खरिद गर्न आदेश दियो । प्रहरीले गुणस्तर परीक्षणका लागि भारतको एसजीएस चेन्नईमा पठायो । यसअघि एसजीएस दिल्लीबाट नमूना परीक्षण भएकाले प्रहरीले चेन्नईमा पठाएको थियो । प्रहरीको प्रबन्ध निर्देशनायले अदालतको आदेशपछि २०७७ साउन ३० मा गुणस्तर परीक्षणका लागि मुन्काका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहबरमा चेन्नई पठाएको थियो ।

    तर त्यसको २ दिनपछि मुन्का र उनका कर्मचारी पौडेलले जिम्मेवार प्रहरी अधिकारीको नाम, इमेल ठेगाना राखी कपडाको दोस्रो नमूना टेष्टका डीएचएल कुरियरमार्फत् एसजीएस चेन्नई पठाएको पाइएपछि आइजीपी शैलेश थापा क्षेत्रीले नै संगठनको बदनाम गर्ने कार्य गरेकाले पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपछि सीआइबीले पक्राउ गरेको जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार,नेपाली सेनाको संभार रथी विभागमा सेटि¨ गरेर पचासौं करोडको कारोवार गर्दै आएको ठेकेदार रितेश अग्रवाल र टोपेन्द्र बीसीको ग्राण्ड डिजाइनमा मुन्कालाई फसाइएको हो ।

    प्रहरीका लागि सामान सप्लाई र ठेक्कापट्टाबाट मुन्कालाई पन्छाउन सफल भएमा आफू हावी हुने डिजाइन गरेर रितेश अग्रवाल र बीसीले विशेष भूमिका खेलेको पुष्टि ठेक्कापट्टा तथा खरिदमा संलग्न प्रहरीका अधिकृतहरू सबै चोखो हुनु तर, मुन्का पक्राउ परेबाट हुन्छ । बीसी नेपाल टेलिकमका कर्मचारी भए पनि सेना र प्रहरीको ठेक्कापट्टामा संलग्न छन् । उनकी श्रीमतीको नामको कम्पनी सेनामा सामान समयमा नदिएपछि कालोसूचीमा परे पनि सालाको नामको कम्पनीबाट कारोबार गर्दैआएका छन् ।   

    आइतवार, माघ ११ २०७७०८:४५:०४
    सम्बन्धित समाचार