Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, जेष्ठ २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का मधेस प्रदेशका सांसदसमेत रहेका डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

    धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

    ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार