Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

काेराेना अपडेट : देशभर ३३६ जनामा संक्रमण हुँदा २२६ जना डिस्चार्ज, ४ जनाको मृत्यु

काेराेना अपडेट : देशभर ३३६ जनामा संक्रमण हुँदा २२६ जना डिस्चार्ज, ४ जनाको मृत्यु

नेपाल फेस

८, माघ २०७७
  • 2.6K
    SHARES

  • काेराेना अपडेट : देशभर ३३६ जनामा संक्रमण हुँदा २२६ जना डिस्चार्ज, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा हिजो ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    बिहिवार, माघ ८ २०७७०४:२१:१०
    सम्बन्धित समाचार