Logo
  • बिहिवार, फाल्गुण १३ २०७७Feb 25 2021

अमेरिका पठाउँछु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने पक्राउ

अमेरिका पठाउँछु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने पक्राउ

नेपाल फेस

७, माघ २०७७
  • 1.6K
    SHARES

  • अमेरिका पठाउँछु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने पक्राउ

    काठमाडौं । महानगरीय अपराध महाशाखाले आफुलाई राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षिय तुलसी थापा रहेका छन् ।

    थापाले आफु राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

    थापाले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

    बुधवार, माघ ७ २०७७०४:३७:४४

    नेपाल फेस

    सम्बन्धित समाचार