Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

नेपाल फेस

२९, पौष २०७७
  • 442
    SHARES

  • वडाध्यक्ष पक्राउ

    बागलुङ । ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । 

    पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।
     
    विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताउनुभयो । 

    बुधवार, पौष २९ २०७७०७:२८:०७

    नेपाल फेस

    सम्बन्धित समाचार