दीपक भट्ट, राजेश्वर ज्ञवाली र कमलकिशोर मालपानी
काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली कार्यक्षेत्र भन्दा बाहिर बाणिज्य बिभागको कार्यक्षेत्रमा हस्तक्षेप गर्न पुगेका छन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले २ बैशाख, २०८२ मा श्रीराम टोबाको कम्पनीको उत्पादन बिक्री गर्ने मुख्य डिलर ललितपुरको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिमा छापा हानी उक्त कम्पनीका उत्पादनहरुमा तौल कम देखिएकाले सिलबन्दी गरेको थियो । सिलबन्दीपश्चात बिभागले बोलाउँदा हाजिर नभएका श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतलाई ३ दिनभित्र उपस्थित हुन बाणिज्य बिभागका महानिर्देशक कुमारप्रसाद दाहालले लिखित पत्राचार गरेका छन् ।
बिभागको अनुसन्धानलाई प्रभावित गर्नका लागि संचालक कमलकिशोर मालपानीहरु कागजात लिएर उपस्थित हुनुको साटो उद्योग मन्त्री दामोदर भण्डारी, बाणिज्य सचिव डा. गोविन्दबहादुर कार्की र बाणिज्य बिभागका महानिर्देशक दाहाललाई कारबाही रोक्न शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् ।
प्रधानमन्त्रीको सचिवालय, मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्ट मात्र होइन, उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली नै श्रीराम टोबाकोको कम तौल, उपभोग्य मिति र अन्तःशुल्क स्टीकर समेत नटाँसिएका गुट्खा बरामद प्रकरणलाई सामसुम पारी उन्मुक्ति दिन सक्रिय भएको स्रोत बताउँछ । उद्योग बिभागका डीजी ज्ञवालीसहितले श्रीराम टोबाकोको ठगी ढाकछोप गरी उन्मुक्ति दिन लाग्नुलाई आश्चर्य मानिएको छ ।
मधेश प्रदेशको साइकल खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका सहसचिव यमलाल भूसाल, मध्यरातमा अर्थमन्त्रालयमा गएर जनार्दन शर्माको पालामा बजेटमा करका दर हेरफेर गर्ने पूर्व नायबसुब्बा रघु घिमिरेसमेत कमलकिशोर मालपानीलाई अपराधबाट उन्मुक्ति दिलाउन लागेका छन् । उनीहरु अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, उद्योग मन्त्री भण्डारी, बाणिज्य सचिव कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालमार्फत् बाणिज्य बिभागमा दबाब दिइरहेका छन् । श्रीराम टोबाको र करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिका संचालकसमेत रहेका बिचौलिया दीपक भट्टसमेत कमलकिशोर मालपानीलाई उन्मुक्ति दिलाउन लागेका छन् । भट्ट पनि श्रीराम टोबाको र यशोदाका लगानीकर्ता हुन् ।
भट्टले प्रधानमन्त्री ओलीसम्म पुगेर बाणिज्य बिभागले गरेको छानबिन रोकाउन लागेका छन् । उनले उद्योग बिभागका महानिर्देशक ज्ञवालीलाई श्रीराम टोबाको कम्पनीको ठगीमा कारबाही हुन नदिन प्रयोग गरेका छन् । एक महिनाअघि मात्र राजस्व अनुसन्धान बिभागले करछली प्रकरणमा श्रीराम टोबाको कम्पनीलाई कारबाही गर्न अनुसन्धान अगाडि बढाएको थियो । तर बिचौलिया भट्टले प्रधानमन्त्री कार्यालयमार्फत् बिभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेलाई दबाब दिएर उक्त प्रकरणलाई सामसुम पारिएको स्रोतले बताएको छ । स्रोतका अनुसार आन्तरिक राजस्व बिभागमा समेत श्रीराम टोबाको कम्पनीको करछलीको छानबिन भए पनि त्यसलाई बिचौलिया भट्टले दबाब दिएरै रोकाएका छन् ।
बार्षिक २ अर्बभन्दा बढी कारोबार गर्ने श्रीराम टोबाको कम्पनीले करयोग्य रकम एकाध करोडको देखाएर बीसौं करोड करछली गर्दैआएको छ । राज्य संचालकहरुलाई नै प्रभावित पारी करछली गर्नेमा श्रीराम टोबाको कम्पनी अग्रपंक्तिमा रहेको छ ।
बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्दै उपभोक्तामाथि ठगी रोक्न दृढ अठोट बोकेका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी र हक्की स्वभावका महानिर्देशक दाहाललाई नै अनावश्यक दबाब दिने कार्य बिचौलिया भट्टले गरिरहेका छन् । बिचौलिया भट्टको दबाबमा श्रीराम टोबाकोको अरबको हेराफेरीलाई उन्मुक्ति दिएमा बिभागको कामकारबाहीमै असर पर्ने र कालाबजारीया र ठगहरु प्रोत्साहित हुने वातावरण बन्दै जाने निश्चित छ ।
श्रीराम टोबाकोको ठगीधन्दा, गुट्खामा तौल कम, उपभोग्य मिति छैन
श्रीराम टोबाकोबाट उत्पादित चार प्रकारका गुट्खामा उत्पादन, उपभोग्य मिति उल्लेख नभएको र तोकिएभन्दा कम तौल भेटिएको छ । वाणिज्य बिभागले गएको बैशाख २ गते मंगलबार अनुगमन गर्दा श्रीराम टोबाटोबाट उत्पादित करेन्ट गुट्खा, भोला गुट्खा, पावार खैनी र जित खैनी चारै ब्राण्डका गुट्खामा उत्पादन, उपभोग्य मिति र तोकिएभन्दा कम तौल भेटिएको थियो ।
विभागले ललितपुरको सानोपामा रहेको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालि नाम रहेको उक्त कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर हो । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।
सबै ब्राण्डबाट कम्तीमा २०÷२५ वटा गुट्खाको परीक्षण गरेको थियो । प्याकेटमा २.१४ ग्राम उल्लेख गरिएको थियो, तर तौलँदा गर्दा उक्त तौल नै भेटिएन । एक÷दुई वटामा केही कैफियत होला भनेर अन्यको समेत परीक्षण गर्दा सबैमा एउटै तौल भेटिएको बिभागले जनाएको छ ।
बाणिज्य बिभागका महानिर्देशक कुमारप्रसाद दाहालले ३ दिनअघि नेपाल टोबाकोमा सिलबन्दी गरी संचालकलाई बयानमा बोलाइएको बताए । दाहालले ठूलै हेराफेरीको सूचनाका आधारमा नेपाल टोबाको कम्पनीको ललितपुरस्थित डिलरमा बिभागले सिलबन्दी गरेको छ । अनुसन्धान भइरहेको छ ।’
श्रीराम टोबाकोको नाममा सुपारी तस्करी
गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अरबको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोका कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको समूहले सुपारी तस्करी समेत गर्दैआएको छ । श्रीराम टोबाकोल २०७९ मा २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ ।
दीपक भट्टले शक्तिकेन्द्र मिलाएर श्रीराम टोबाकोको नाममा सुपारीको कोटा बढी लिने गरेका छन् । जुन सुपारी भारततर्फ तस्करी हुँदैआएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend