Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ

थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ

नेपाल फेस

२८, पौष २०७७
  • 730
    SHARES

  • थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ

    एजेन्सी । थाईल्याण्डमा गैर कानूनी रुपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ ।

    म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाईल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ ।

    म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समूदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।

    यी मध्ये कैयौ मानव तस्करहरूको साथमा लागेर थाईल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन् ।

    थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिग्या भेटिएका थिए । उक्त घरमा ती रोहिङ्याहरुलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन ।

    मंगलवार, पौष २८ २०७७०४:०६:३२
    सम्बन्धित समाचार