काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई अग्रिम रूपमा रकम नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ ।
कोरोना महामारीपछि केही म्यानपावर कम्पनीले सीमित माग आएको भन्दै रोजगारीमा जान इच्छुकसँग अनुचित रकम उठाउन थालेपछि विभागले बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरेको हो ।अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्नसमेत विभागले भनेको छ ।
छनोटपछि सम्बन्धित इजाजतवाला संस्थालाई सक्कल राहदानीलगायत आवश्यक कागजातका सक्कल प्रति बुझाउन पनि विभागले अनुरोध गरेको छ ।
‘म्यानपावर कम्पनीले पनि आवेदकबाट प्रतिलिपि वा स्क्यान कपी मात्र माग गरी छनोट भएका कामदारबाहेक अरूको सक्कल राहदानी जम्मा गर्ने कार्य नगर्नू,’ सूचनामा भनिएको छ, ‘छनोट भएका व्यक्तिहरूलाई आफू जान लागेको कामका लागि तिर्नुपर्ने रकम सम्बन्धित म्यानपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्नुपर्छ ।’