Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

सुनचाँदी व्यवसायी महासङ्घको  अध्यक्षमा शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासङ्घको  अध्यक्षमा शाक्य निर्वाचित

नेपाल फेस

२६, पौष २०७७
  • 1.5K
    SHARES

  • सुनचाँदी व्यवसायी महासङ्घको  अध्यक्षमा शाक्य निर्वाचित

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको  आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका छन् ।  

     साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

    यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु चुनिएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएको जानकारी महासंघले दिएको छ ।

     साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवतरुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो । मुलुकको सङ्घीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला-नगर सङ्घको अलावा एसोसिएट सदस्य तथा वस्तुगत सङ्घहरु यस महासङ्घमा आबद्ध छन् । रासस

    आइतवार, पौष २६ २०७७०९:५२:२५
    सम्बन्धित समाचार