एजेन्सी । बलिउडका वरिष्ठ अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। रक्तचापमा गम्भीर उतारचढाव आएपछि शुक्रबार बिहान उनलाई हैदरावादस्थित एक अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनी भर्ना भएको एपोलो अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको थियो।
'रजनीकान्तलाई आज बिहान अस्पतालमा भर्ना गरिएको छ। उनी गत १० दिनयता हैदरवादमा सिनेमाको छायांकनमा थिए। सेटका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
रजनीकान्तले डिसेम्बर २२ मा कोरोनाको परीक्षण गराएका थिए र नेगेटिभ आएको थियो। त्यस दिनदेखि उनी आइसोलेसनमै थिए र उनलाई नजिकबाट निरीक्षण गरिएको थियो,'उक्त विज्ञप्तिमा भनिएको छ।
