Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

दाजुभाइको ‘आँखा जुधाई’ बजारमा

दाजुभाइको ‘आँखा जुधाई’ बजारमा

नेपाल फेस

१०, पौष २०७७
  • 18.1K
    SHARES

  • दाजुभाइको ‘आँखा जुधाई’ बजारमा

    काठमाडौं । नेपाली संगीत जगतमा दुई दाजुभाई (डेनी र भिषण निरौला) एउटा बिल्कुलै नयाँ गीत 'आँखा जुधाई' लिएर बजारमा आएका छन् । गीतमा शब्द रचना गीतकार गौतम डंगोल ‘सन्देश’ को रहेको छ । गत शुक्रबार एभरेष्ट ग्यालरी को युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको ‘आँखा जुधाई’ बोलको गीतमा स्वर डेनी निरौला र संगीत भिषण निरौलाको रहेको छ ।

    निरौला द्वय पुराना गायक तथा संगीतकार कोमल निरौलाका छोरा हुन् । यस अघि नेपाली संगीत जगतमा अब्बल संगीतकार का रूपमा दर्ज भइ सकेका डेनी यस गीत मार्फत गायक भएर उदाएका छन् । उता पेशागत सहकर्मी द्वय भिषण र गौतमले भने आफ्नो सांगीतिक सहकार्य को निरन्तरताको अर्को खुड्किलो को रूपमा यस गीतलाई बजारमा लिएर आएका छन् ।

    दुई बैंकर निरौला र डंगोलबीच एउटै संस्थामा काम गर्दाका बखत भएको भेटघाट र सामिप्यता अनि साहित्य संगीत प्रति को दुवैको रुचीले गौतमका दमदार शब्दहरूमा निरौला का ओजपूर्ण संगीतमा धेरै गीतहरू तयार भए । आफ्नै दाई स्थापित संगीतकार भएको कारण भिषण आफ्ना हरेक श्रीजनाहरू दाईलाई सुनाएर निखारता का लागि सुझाव लिने गर्छन् । यही क्रममा आँखा जुधाई को शब्द र संगीत अत्यन्तै मन पराएर डेनी ले यो गीत आँफै गाउने निर्णय गरे र फल स्वरूप यो गीत आज संगीत बजारमा आएको छ ।

    सांगितीक सहकार्य का क्रममा गौतम र भिषणका धेरै गीत तयार भए, जुन मध्ये केहीको अडियो तथा भिडियो सार्वजनिक भई सकेका छन् भने केहि सार्वजनिक हुने क्रममा छन् । उनीहरूका अन्य गीतहरूमा संगीतकार भिषण निरौला आँफै लगायत चर्चित गायकरगायिका रिमा गुरूङ, झुमा निरौला आदिको स्वर रहेको छ भने संगीत संयोजनमा जेम्स प्रधान, सचिन सिं, प्रदिप श्रेष्ठ, उदयराज पौडेल, सुमित आर्या, रोमी, फणिन्द्र राई लगायतले साथ दिएका छन् ।

    niroula.jpg

     

    शुक्रवार, पौष १० २०७७०९:०१:५२

    नेपाल फेस

    सम्बन्धित समाचार