विराटनगर – संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पुर्वस्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। आज (बिहीबार) बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।
मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भएका र काठमाडौँमा बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा (एमाले)मोरङ जिल्ला सदस्य हुन्। मोरङ प्रहरीका अनुसार पोखरेलमाथि ठगीको गम्भीर आरोप लागेको छ। अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
ठगी प्रकरणमा उच्च अदालत विराटनगरले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको थियो। सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend