Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

हल सञ्चालकलाई सीडीओ कार्यालयले बोलायो

हल सञ्चालकलाई सीडीओ कार्यालयले बोलायो

नेपाल फेस

१०, पौष २०७७
  • 4.2K
    SHARES

  • हल सञ्चालकलाई सीडीओ कार्यालयले बोलायो

    काठमाडौं । शुक्रबारबाट सिनेमा हल सञ्चालनमा ल्याउने भएपछि सीसीएमसीले सिनेमा हल सञ्चालकलाई बोलाएर छलफल गरेको थियो ।

    आज (शुक्रबार) चलचित्र हलहरुको संस्था नेपाल चलचित्र संघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बोलाएको छ । विहान साढे ११ बजे छलफलका लागि जिल्ला प्रशासन कार्यालयले बोलाएको हो ।

    “आज छलफलका लागि सीडीओ कार्यालयले बोलाएको छ । हामी साढे ११ बजे छलफलका लागि जाँदैछौं,” चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले भने, “सीसीएमसीमा पनि हिजो छलफल भएको थियो ।”

    छलफल सकारात्मक हुने अपेक्षा संघको रहेको प्रधानले बताए । आफूहरु अगाडि बढिसकेको भन्दै पछि नहट्ने उनको भनाइ छ ।

    “हामीले हल खोल्ने निर्णय गरिसक्यौं । आजबाट हल खुलिसके । अब पछि हट्ने कुरै छैन । मल्टिप्लेक्सले अनलाइन टिकट बिक्री सकेका छन्,” उनी भन्छन्, “स्वास्थ्य सुरक्षा मापदण्ड भित्र रहेर सुरक्षित भएर हल खोल्ने हो । डराउनु पर्ने अवस्था छैन ।”

    चैत ७ गते बन्द भएका सिनेमा हल नौ महिना पछि आजबाट सञ्चालनमा आएका हुन् ।

    शुक्रवार, पौष १० २०७७०४:०२:०२
    सम्बन्धित समाचार