Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

२४ घण्टामा देशभर थपिए ७ सय ८२ काेराेना संक्रमित, १ हजार २९ जना डिस्चार्ज

२४ घण्टामा देशभर थपिए ७ सय ८२ काेराेना संक्रमित, १ हजार २९ जना डिस्चार्ज

  • 18.1K
    SHARES

  • २४ घण्टामा देशभर थपिए ७ सय ८२ काेराेना संक्रमित, १ हजार २९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    शुक्रवार, पौष ३ २०७७०४:१०:४२
    सम्बन्धित समाचार