Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

दशरथचन्दका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

दशरथचन्दका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

  • 19.0K
    SHARES

  • दशरथचन्दका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापासहित १८ जनामा कोरोना पुष्टि भएको छ । 

    जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमुख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

    गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ ।

    सङ्क्रमित मध्ये ५५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    आइतवार, मंसिर १४ २०७७१२:१७:२५
    सम्बन्धित समाचार