काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुचर्चित सचिवालय बैठक मंसिर १६ मा बस्नेगरी सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको जवाफ प्रस्तुत गरेपछि सकिएको छ ।
यसअघि मंसिर ३ मा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आज दिएका छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ओलीको जवाफमा के के उल्लेख गरिएको छ, त्यसबारे भने सार्वजनिक जानकारी दिइएको छैन ।