काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि मंसिर ३ मा बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्नेछन् । उनले प्रचण्डको आरोपको जवाफका लागि १० दिनको समय मागेका थिए ।