Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

बलात्कार आरोपित १४ वर्षीय बालकलाई छ महिना कैद

बलात्कार आरोपित १४ वर्षीय बालकलाई छ महिना कैद

नेपाल फेस

१३, मंसिर २०७७
  • 1.1K
    SHARES

  • बलात्कार आरोपित १४ वर्षीय बालकलाई छ महिना कैद

    सप्तरी। खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ ।

    खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाउनुभएकी उहाँकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

    जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।रासस

    शनिवार, मंसिर १३ २०७७०१:१७:५५

    नेपाल फेस

    सम्बन्धित समाचार