Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

विवादित इन्स्पेक्टरको सरुवाः एआइजीले आइजीपीलाई थर्काएपछि रोकियो

विवादित इन्स्पेक्टरको सरुवाः एआइजीले आइजीपीलाई थर्काएपछि रोकियो

नेपाल फेस

१३, मंसिर २०७७
  • 5.4K
    SHARES

  • विवादित इन्स्पेक्टरको सरुवाः एआइजीले आइजीपीलाई थर्काएपछि रोकियो

    शैलेश थापा क्षेत्री, हरिबहादुर पाल र केशवप्रसाद गौतम

    काठमाडौं । नेपाल प्रहरीका विवादित र सधैं आकर्षक पदमा बसी अकूत सम्पत्ति आर्जन गरेका एक इन्स्पेक्टरलाई काठमाडौं उपत्यका बाहिर सरुवा गर्न आइजीपी शैलेश थापा क्षेत्रीले एआइजी निरजबहादुर शाहीदेखि कर्मचारी प्रशासन शाखाका एसपी जनार्दन जीसीलाई निर्देशन दिए ।

    प्रसंग नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कुकुर शाखामा सरुवा भएका इन्स्पेक्टर केशवप्रसाद गौतमको हो ।  गौतम यति शक्तिशाली हुन् कि उनको सरुवा गर्ने हिम्मत एआइजी शाहीले पनि गर्न सकेनन् । शाहीलाई चौतर्फी दबाब दिन लगाए । निर्देशन अनुसार सरुवा नगरेपछि पुनः ताकेता आइजीपी सचिवालयबाट भयो । कर्मचारी प्रशासन महाशाखाले उनको सरुवा उपत्यका बाहिर गर्ने भयो ।

    काठमाडौंदेखि प्रहरी हेडक्वाटरको एमटी(सवारी)हुँदै कुकुर शाखामा मात्र बसेका उनी उपत्यका बाहिर जाने पक्षमा थिएनन् । गौतमले प्रबन्धमा थापा आइजीपी भएपछि लगिएका इन्स्पेक्टर र डीएसपीहरुले ठेकेदारहरुसँग घुस माग्ने गरेको हल्ला चलाएको थाहा पाएपछि उनलाई उपत्यका बाहिर काज गर्न निर्देशन दिएका थिए । उपत्यका बाहिर जानुपर्ने भएपछि गौतम एआइजी हरिबहादुर पालकोमा अनुनय विनय गर्न पुगे । पालले आइजीपी थापासँग आफ्नो मुख हेरेर भए पनि एमटीमा राखिदिन भने । एमटीमा लेखापाल हुँदा पनि बसेको र पछि त्यहीँ २ पटकसम्म उसको सरुवा भएकाले त्यहाँ नगर्ने जवाफ दिए ।

    बार्षिक ३ देखि ४ करोड रुपैयाँको खरिद हुने एमटीमा जानका लागि पालको सोर्स गौतमले लगाएका थिए । एमटीमा लान आइजीपी थापालेले नमानेपछि पालले आफूमातहतकै सुरक्षा महाशाखामा काज गरी बुधबारदेखि हाजिर गराएका छन् । पहिला कुकुर शाखामा पनि मैले नै भनेर सरुवा गरेको र फेरि कुनै गुनासो आए गौतमको सिफारिस नगर्ने पालको कुरा सुनेपछि आइजीपी थापाले सुरक्षा महाशाखा दरबन्दी कायम गरिदिएका छन् । इन्स्पेक्टर गौतमलाई सर्वेन्द्र खनालले आइजीपी भएकै दिन बलराम खत्रीलाई फालेर प्रबन्धमा लगेका थिए ।    

    एमटीका ड्राइभर कि गौतमका कामदार ?

    गौतमले सर्वेन्द्र खनाल आइजीपी हुन्जेल करिब २२  महिना प्रबन्धमा बस्दा ठेकेदारहरुसँग १० करोड भन्दा बढी घुसको रकम लिएको उनीसँगै काम गरेका प्रबन्धका जुनियर अधिकृत बताउँछन् । खनाललाई समेत प्रहरीको ठेक्काको कमिसनको हिस्सा नदिई एक्लै खाएको मात्र होइन, त्यो समयमा महानगरीय ट्राफिक महाशाखाबाट ३ वटा गाडी अति कम मूल्यमा लिलाम गराई सकारेको स्रोत बताउँछ । बोलेरो एक, स्कोर्पियो एक र टाटासुमो एक गरी ३ वटा राम्रो कन्डिसनका गाडी खनालको कार्यकालमा भनसुन गरी लिलाम सकारेर अहिले ती गाडी मुक्तिनाथ, हलेसी, कालिन्चोक, पाथीभरा जस्ता तीर्थस्थलमा रिजर्भमा यात्रु ओसार्न सदुपयोग छन् । र, ती गाडीमा प्रहरीको एमटी (सवारी) शाखामा कार्यरत ड्राइभरहरुलाई सिंत्तैमा प्रयोग गर्दारहेछन् ।

    लिलाम गरेका गाडीमा चालकसमेत सिंत्तै राखी यात्रु ओसारेर भाडा असुली गर्ने कार्य उनले गर्दैआएका छन् । हलेसी, मुक्तिनाथ जस्ता ठाउँमा यात्रु लिएर जाने चालकलाई सिंत्तैमा प्रयोग त गरेकै छन्, ती ठाउँका प्रहरी चौकीका इन्स्पेक्टर वा सईलाई खाना खुवाउन समेत लाजै नमानी भनेर दुःख दिने गरेका छन् ।

    चालकलाई सिंत्तै प्रयोग गरेका उनले खान र बस्ने पैसा समेत मातहतका प्रहरीलाई दुःख दिएर गराउने गरेको स्रोतले बतायो । उनले एमटीले लुईटेल, चौधरी र रानाभाट थरका सिपाहीलाई आफ्ना निजी गाडीमा यात्रु ओसार्न लगाउने गरेका छन् । यीमध्ये २ जना गौतमकै डेरामा बस्ने गरेका छन् । चालकका अलावा घरसँगै रहेको खाली जग्गामा उनले तरकारी खेतीसमेत तिनै सिपाहीलाई लगाउने गरेको आरोप छ । 

     

    शनिवार, मंसिर १३ २०७७०९:०२:५६
    सम्बन्धित समाचार