Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

नेपाल फेस

१०, मंसिर २०७७
  • 2.1K
    SHARES

  • विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

    एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार  जानकारी दिएको छ ।  

    गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् । कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका  हालसम्म २ लाख ६५ हजार  भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

    अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि  भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना  भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । 

    ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

    संयुक्त अधिराज्यमा ५५ हजार ८३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । 

    बुधवार, मंसिर १० २०७७०८:२४:४४

    नेपाल फेस

    सम्बन्धित समाचार