Logo
  • शुक्रवार, फाल्गुण १४ २०७७Feb 26 2021

 शाखा अधिकृतलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी

 शाखा अधिकृतलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी

नेपाल फेस

१०, मंसिर २०७७
  • 60.9K
    SHARES

  •  शाखा अधिकृतलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी

    काठमाडौं । संघीय सरकारअन्तर्गतका मन्त्रालयमा विशिष्ट श्रेणीको सचिव हुने ब्यवस्था छ भने प्रदेशका मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणी(सहसचिव)को कर्मचारी सचिव हुने ब्यवस्था छ । तर प्रदेशका मन्त्रालयमा  संघबाट सहसचिव जान नमानेपछि सरकारले बरिष्ठताका आधारमा खटाउने नीति बनायो । सरकारले बरिष्ठ सहसचिवहरुलाई प्रदेशमा खटाउने क्रम सुरु गरे पनि त्यसलाई प्रशासकहरुले अटेर गर्दैआएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरे पनि कतिपय सहसचिवहरु तीन महिनासम्म पनि सम्बन्धित प्रदेशमा गएका छैनन् । जसका कारण प्रदेशका मन्त्रालय सचिवविहीन हुने गरेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयले २०७७ भदौ ९ मा ६० सहसचिवलाई बरिष्ठताका आधारमा प्रदेशमा सरुवा गरेको थियो । सरुवा भएका मध्ये ५० भन्दा बढी सहसचिव खटाएको ठाउँमा गइसकेका छन् । तर ६ सहसचिव अहिले पनि सामान्यले गरेको सरुवा अनुसार खटाएको ठाउँमा गएका छैनन् । तीन महिनाअघि सरुवा भएका सहसचिव नगएका कारण प्रदेशका मन्त्रालयहरु सचिवबिहीन छन् । कतिपय प्रदेशका मन्त्रालयमा उपसचिवसमेत नभएर शाखा अधिकृतले सचिवको जिम्मेवारी सम्हालेका छन् ।

    सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा संघीय सरकार अन्तर्गतको अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सरुवा भएका थिए । तर उनी रमाना बुझेर हाजिर हुन गएका छैनन् । संघले खटाएका सहसचिव नेपाल नगएकाले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारी शाखा अधिकृत धनबहादुर रोकायाले सम्हाल्दैआएका छन् । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले भने–‘अधिकृतस्तर आठौं तहका धनबहादुर रोकाया १ महिनादेखि निमित्त सचिव हुनुहुन्थ्यो । आज उपसचिव निर्मल ढकाल हाजिर हुनुभयो, उहाँ स्वतः निमित्त भइहाल्नुभयो ।’ साउदले भने, ‘सचिव नभए पनि अर्थमन्त्रालयका काम रोकिएका छैनन् ।’

    सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले आर्थिक मामिला मन्त्रालयको निमित्त सचिव शाखा अधिकृतले सम्हाल्नुपरेको गुनासो सामान्य प्रशासन मन्त्रालयमा पटक पटक गरिसकेका छन् । सामान्यले सरुवा गरेका सहसचिव नेपाल नजाने र सामान्य पनि उनलाई जसरी पनि नपठाई नछाड्ने अडानमा देखिएका छन् । नेपाललाई मापदण्ड अनुसार सरुवा गरिएकाले उनी जानैपर्छ, बरु एकपटक हाजिर भइसकेपछि सरुवा गर्ने लचकता अपनाउन सकिने सामान्य प्रशासन मन्त्रालय छ । तर सहसचिव नेपाल भने जाने पक्षमा देखिएका छ्रैनन् । सहसचिव नेपाल अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख रहेको र दाताहरुसँग १ बर्षसम्मको कार्यक्रम सेट भइसकेकाले पनि उनलाई सरुवा गर्ने पक्षमा नभए पनि सामान्यले बरिष्ठताका आधारमा उनको सरुवा गरेको थियो ।

    बुधवार, मंसिर १० २०७७०२:५५:५६
    सम्बन्धित समाचार