Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

गण्डकीमा १०९ सङ्क्रमित, सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए

गण्डकीमा १०९ सङ्क्रमित, सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए

नेपाल फेस

६, मंसिर २०७७
  • 1.2K
    SHARES

  • गण्डकीमा १०९ सङ्क्रमित, सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए

    पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

    यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म छ हजार २१४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५८१ पुगेको छ ।

    सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए

    सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका शङ्कास्पद ५२५ व्यक्तिको नमूना परीक्षण गरिएकामा ६४  व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिने कोरोना सङ्क्रमितमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र बाजुराका छन् । नयाँ थपिएका समेत गरी आजसम्म प्रदेशमा १० हजार ७३१ सङ्क्रमित पुगेका छन् ।

    पछिल्ला दिनमा प्रदेशमा कोरोना भाइरसबाट हुने मृत्युदर बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक २९ गते यता थप सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा चार, बझाङमा तीन, अछाम, बाजुरा, डडेलधुरा, दार्चुलामा दुई÷दुई तथा डोटी र बैतडीमा एक÷एकसमेत जम्मा ३६ जनाको मृत्यु भएको छ ।
     
    शुक्रबार मात्रै कैलालीका एक ५६ वर्षीय पुरुष र एक ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचारकक्ष ९आइसीयू० मा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोरोना भाइरसको उपचार व्यवस्थापनपछि अहिलेसम्म आठ हजार ८७५ डिस्चार्ज भएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस

    शनिवार, मंसिर ६ २०७७०९:३३:४२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]