Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

नेपाल फेस

६, मंसिर २०७७
  • 505
    SHARES

  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    दमौली ।  तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।रासस

    शनिवार, मंसिर ६ २०७७०७:५१:०९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]