Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

काठमाडौं महानगरमा भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै

काठमाडौं महानगरमा भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै

नेपाल फेस

६, मंसिर २०७७
  • 460
    SHARES

  • काठमाडौं महानगरमा  भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) देखि निशुल्क कोरोना परीक्षण शुरु गर्ने भएको छ ।

    महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको जानकारी दिएका हुन् ।

    यसअघि सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संकलन रोकेको थियो ।

    तर, अहिले सरकारले आफ्नो निर्णय सच्याएर लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने निर्णय गरेपछि महानगरले पनि स्वाव संकलन गर्न लागेको हो ।

    महानगरले अब कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरु र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

    शनिवार, मंसिर ६ २०७७०७:१४:३३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]