Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

१५ वर्षीया किशोरी बलात्कार अभियोगमा दुई जना पक्राउ

१५ वर्षीया किशोरी बलात्कार अभियोगमा दुई जना पक्राउ

नेपाल फेस

६, मंसिर २०७७
  • 1.1K
    SHARES

  • १५ वर्षीया किशोरी बलात्कार अभियोगमा दुई जना पक्राउ

    काठमाडौं । १५ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

    पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते रातिको समयमा ती किशोरी धारामा पानी लिन जाँदा बलात्कारमा परेको उनले बताए ।

    पक्राउ परेका व्यक्तिले किशोरीको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैंचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन्। किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

    शनिवार, मंसिर ६ २०७७०६:२३:१६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]