Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरको बागडोलबाट पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरको बागडोलबाट पक्राउ

नेपाल फेस

६, मंसिर २०७७
  • 604
    SHARES

  • विप्लव समूहका दुई कार्यकर्ता ललितपुरको बागडोलबाट पक्राउ

    ललितपुर । ललितपुर जिल्लाको बागडोलबाट  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयद्वारा खटिएकाे प्रहरी टाेलीले जिल्लाको हिजो शुक्रबार राती पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल रहेका छन्।

    प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    शनिवार, मंसिर ६ २०७७११:२८:२३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]