Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

परिमार्जित अफरसहित टेलिकमको आकर्षक सुविधा

परिमार्जित अफरसहित टेलिकमको आकर्षक सुविधा

नेपाल फेस

६, मंसिर २०७७
  • 2.0K
    SHARES

  • परिमार्जित अफरसहित टेलिकमको आकर्षक सुविधा

    काठमाडौं । टेलिकमले परिमार्जित  थप आकर्षक सुविधासहितको अफर ल्याएको छ । नेपाल टेलिकमले हिजो शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी अटम अफरमा थप सुविधा परिमार्जन गरी ल्याएको हो ।

    टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको जानकारी दिएको छ ।

    हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु। ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

    सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

    शनिवार, मंसिर ६ २०७७०८:५१:३६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]