Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसः कृषि र इन्जीनीयरिङको सिफारिस भएन

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसः कृषि र इन्जीनीयरिङको सिफारिस भएन

नेपाल फेस

५, मंसिर २०७७
  • 16.2K
    SHARES

  • सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसः कृषि र इन्जीनीयरिङको सिफारिस भएन

    गोकर्णमणि दुवाडी र योगेन्द्रकुमार कार्की

    काठमाडौं । तीन सहसचिव सचिव बढुवाका लागि सिफारिस भएका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरेको छ । सिफारिस भएकामध्येबाट एक जना सचिव बढुवा हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव  केदारबहादुर अधिकारी गएको असोज २२ मा अवकाश भएकाले एक पद रिक्त भएको थियो । २ सचिव रिक्त भएकोमा काठमाडौं महानगरपालिकामा विशिष्ट श्रेणीको दरबन्दी कटौती भएकाले एक मात्र पदमा बढुवा हुँदैछ ।

    प्रशासनतर्फको सचिवका लागि बरिष्ठताका आधारमा गोकर्णमणि दुवाडी यसअघि पाँच पटक सिफारिसमा परे पनि उनको बढुवा हुन सकेको थिएन । यसपटक भने उनको बढुवा हुने संभावना रहेको बताइन्छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएकाले सचिव बढुवा सिफारिस बिलम्ब भएको बताइएको छ । 
    त्यसैगरी कृषि र वनतर्फ दुई सचिव खाली छन् । कृषि मन्त्रालयका राजेन्द्र भारी र पुशपंक्षी हेर्दैआएका प्रकाश माथेमा अवकाश भइसकेकाले २ सिट खाली छ । एक सिटमा हाल कृषि मन्त्रालयका निमित्त सचिव योेगेन्द्रकुमार कार्की बरिष्ठताका आधारमा सचिव बढुवाका प्रबल दाबेदार हुन् । उनी बरिष्ठ भए पनि यसअघिको बढुवामा पर्न सकेका थिएनन् ।

    इन्जीनीयरिङतर्फको सचिवमा बरिष्ठताका आधारमा पहिलो नम्बरमा भए पनि पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य बढुवामा पर्न सकेका छैनन् । यो पटक पनि उनी बढुवामा पर्ने संभावना कम छ । किनकि यो पटक सहरी विकास तथा भवन विभागका महानिर्देशक मणिराम गेलालको बढुवा सिफारिस गर्ने तयारी छ । प्रशासनतर्फको सचिव बढुवाापछि प्राविधिकतर्फको बढुवा हुनेछ । 

    शुक्रवार, मंसिर ५ २०७७०७:३०:३५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]