Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

विमानस्थलको क्षमता बढाउन एडीबीको साढे १७ अर्ब ऋण

विमानस्थलको क्षमता बढाउन एडीबीको साढे १७ अर्ब ऋण

नेपाल फेस

५, मंसिर २०७७
  • 2.2K
    SHARES

  • विमानस्थलको क्षमता बढाउन एडीबीको साढे १७ अर्ब ऋण

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।  

    बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरूप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । 

    त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । 

    भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउनाका साथै कोभिड-१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । 

    यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ । रासस     

    शुक्रवार, मंसिर ५ २०७७०५:२५:०८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]