Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

युनाइटेड इदी मर्दीको आईपीओ हिजोदेखि बिक्री खुल्ला

युनाइटेड इदी मर्दीको आईपीओ हिजोदेखि बिक्री खुल्ला

  • 5.7K
    SHARES

  • युनाइटेड इदी मर्दीको आईपीओ हिजोदेखि बिक्री खुल्ला

    काठमाडौं । हिजो मङ्सिर ३ गतेदेखि युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले आईपिओ बिक्रि खुला गरेको छ  । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेकोछ ।

    ८ लाख ७३ हजार ९ सय १० कित्ता मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको छ । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ  । 

    इदी मर्दी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयको लागि ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख ७६ हजार ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको शेयर समेत जोडेर सर्बसाधारणलाई निष्काशन हुन लागेको हो  । कम्पनीका कम्पनी सचिव निरज पौड्यालका अनुसार आयोजना प्रभावित क्षेत्रमा धेरै घरधुरी नरहेकोले कम आवेदन परेको हो । 

    हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार