Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

तरुण दल अध्यक्षकै नेतृत्वमा सडक उपभोक्ता समितिका सचिवको टाउकोमा रड र चिर्पट प्रहार

तरुण दल अध्यक्षकै नेतृत्वमा सडक उपभोक्ता समितिका सचिवको टाउकोमा रड र चिर्पट प्रहार

नेपाल फेस

२, मंसिर २०७७
  • 54.8K
    SHARES

  • तरुण दल अध्यक्षकै नेतृत्वमा सडक उपभोक्ता समितिका सचिवको टाउकोमा रड र चिर्पट प्रहार

    आक्रमणमा परेका देवराज खड्का

    रामेछाप । देश र जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका नेता कार्यकर्ता नै गुण्डागर्दीमा संलग्न भएका छन् । रामेछाप तरुण दलका अध्यक्ष (काजीबहादुर खड्का) दिनेश खड्कासहित २० जनाभन्दा बढीको समूहले गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ५ नामाडीका सडक उपभोक्ता समितिका सचिव  देवराज खड्कामाथि सांघातिक आक्रमण गरेका छन् । दिनेश खड्कासहित तरुण दलका २०–२५ जनाको आक्रमणमा परेका देवराजको अवस्था गम्भीर रहेको वडाध्यक्ष बलराम खड्काले जानकारी दिएका छन् ।

    बागमती प्रदेश सरकारको बजेटबाट बासे जोड्ने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष देवराजलाई तरुण दलका अध्यक्ष दिनेशले आफ्नो डोजर प्रयोग गर्न दबाब दिइरहेका थिए । उनको डोजर प्रयोग नगरेपछि आज घरायसी कामले नामाडी बजारमा गएको समयमा एक्लै पारी देवराजमाथि सांघातिक आक्रमण गरेका छन् । तरुण दलका अध्यक्ष दिनेशको नेतृत्वको टोलीले देवराजमाथि योजनाबद्ध रुपमा रड, ढुंगा, ईटा, चिर्पटले प्रहार गरी टाउकोमा गम्भीर चोट पुर्याएका छन् ।

    आफ्नो डोजर किन प्रयोग नगरेको भन्दै दिनेश खड्का, उनका दाजु दीपक खड्का, भतिज भुवनजी खड्का र सुमन खड्का लगायतले देवराजमाथि आक्रमण गरेको नेकपा गोकुलगंगा गाउँ कमिटीले जनाएको छ । आक्रमणकारीले देवराजले लगाएको डेढ तोलाको सुनको सिक्री र साथमा रहेको सात हजार रुपैयाँ समेत लुटेर लगेको आरोप छ ।

    दिनेश खड्का पराजीत वडाध्यक्ष पनि हुन् । उनले नामाडीका आफ्नै भाइभतिजामाथि चुनावमा पनि पटक पटक आक्रमण गर्दैआएको नेकपा गोकुलगंगाका नेताहरुको भनाइ छ । उनी विगतमा काठमाडौंमा पनि गुण्डागर्दीमा संलग्न रहेको आरोप लाग्दैआएको छ । दिनेश खड्कासहितको आक्रमणमा परी गम्भीर घाइते भएका देवराजको उपचारका लागि मन्थलीमा लगिएको छ । र, आक्रमणकारी खड्काबिरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता गर्ने नेकपा गोकुलगंगा गाउँकमिटीले जनाएको छ । यस घटनामा प्रशासनले दिनेश खड्कामाथि कडा कारबाहीको अगाडि नबढाए कानुनी राज्य स्थापनाका लागि अब गोकुलगंगाबासी जनता जस्तोसुकै कदम चाल्न पछि नपर्ने नेकपाले चेतावनी दिएको छ ।

     

    मंगलवार, मंसिर २ २०७७०९:३९:१६

    नेपाल फेस

    सम्बन्धित समाचार